Here you can find important information on how to work online business, how to use various social media, such as YouTube, Facebook, other social media related, online work, computer tips, internet technology, computer technology.

इन्टरनेट प्रविधिकाे विकास संगै घरवाटै सम्पुर्ण काम।

करिव १५ वर्षअघि नेपालमा हामि प्राय सवैको हातमा मोवाईल थिएन होला । आज हेर्नुस मोवाईल नवोक्ने सायदै एकदमै कमै छौँ । अझ मोवाईलको विकास संगै स्र्माट फोनहरु प्रायः सवैको हात हातमा छ, इन्टरनेट चलाउन पाईरहेका छौँ ।
कम्प्युटरको काम गर्ने मोवाईलहरु विकास भइसकेका छन । इन्टरनेट प्रविधिले हामीलाई कति नजिक र समयको व्यवस्थापन गरेको छ कि घरमै वसेर संसार हेर्न पाईरहका छौँ । 
  • घरमै वसरे विभिन्न राष्ट्रिय तथा अन्र्तराष्ट्रिय अनलाईन कम्पनीहरुसंग जोडिएर काम गरि आम्दानी गरिरहेका छौँ ।
  • घरमै वसेर आँफलाई चाहिएको जुनसुकै सामान अर्डर गरि घरमै आईपुगेको छ । 
  • घरमै वसेर विधुत, पानी, इन्टरनेट, टेलिफोन विल तिरिरहेका छौँ । 
  • घरमै वसेर विभिन्न अनलाईन कोर्सहरु, सिपमुलक कोर्सहरु पढ्न र सिक्न पाईरहेका छौँ । 

समयलाई कति वचत गरेको छ त इन्टरनेट प्रविधिले ? त्यसकारण अवको युग भनेको इन्टरनेट प्रविधिको युग हो । सम्पुर्ण कुराहरु घरमै वसेर गर्न सकिन्छ । त्यसैले आजको यो युगमा इन्टरनेटको एकदमै महत्व रहेको छ । यसलाई सहि सदुपयोग गर्न जान्यो भने समयको वचत, कुनै पनि सामान या पेमेन्ट गर्नुपर्यो भने सम्वन्धित ठाँउ सम्म धाउनु नपर्ने, अनलाईन सम्वन्धि काम सिक्यो भने घरमै वसेर आम्दानी गर्न सकिने जागिरको लागि धाउनु नपर्ने । वस हामी संग मात्र कम्प्युटर र इन्टरनेट हुनुपर्यो   ।



त्यस कारण प्रविधि कति दु्रत गतिमा वढिरहेको छ त ?
सवैले कम्प्युटर प्रयोग गरिरहेका छौँ । गाउँ गाउँमा इन्टरनेट विस्तार भईरहेको छ ।
अवको १० वर्ष पछि प्राय सम्पुर्णको घरमा इन्टरनेट, कम्प्युटर हुने कुरालाई नकार्न सकिने अवस्था रहेन । इन्टरनेट , कम्युटर प्रयोग नगर्ने सायदै कमै हुनेछौँ ।
भविष्यलाई हेर्ने हो भने सम्पुर्ण कामहरु घरमै वसेर अनलाईनवाटै हुनेछन ।  तपाई पनि इन्टरनेट प्रविधीलाई सही सदुपयोग गरि घरमै वसेर काम गर्न चाहानुहुन्छ भने सम्पर्क गर्नुहोला ।
Share:

No comments:

Post a Comment

Please do not enter any spam link in the comment box.

Language Translate

Followers

Search This Blog

Recent Posts

Pages